सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला

काठमाडौँ । सानिमा बैंकले शैक्षिक छात्रवृत्तिको आवेदन खुला गरेको छ ।

बैंकले विगत लामो समयदेखि काठमाडौँ उपत्यका बाहिरका प्रत्येक शाखाहरूबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

सोही कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले काठमाडौँ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको हो । उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति २ हजार रुपैयाँ प्रतिमहिना गरी प्रत्येक विद्यार्थीलाई ५० हजार रुपैयाँ हजारसम्मको छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ । छात्रवृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिनेछ ।

संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा बैंकले शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *