भायानेटको नयाँ शाखा अब परवानीपुर र सिमरामा

काठमाडौँ । भायानेट कम्युनिकेसनले बाराको परवानीपुर र सिमरामा नयाँ शाखा विस्तार गरेको छ।

आफ्नो ग्राहकहरूका लागि समय–समयमा विभिन्न योजनाहरू सञ्चालन गर्ने भायानेटका योजनाहरूबाट अब परवानीपुर र सिमराका सर्व(साधारण पनि लाभान्वित हुने कम्पनीले जनाएको छ।

पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाई जस्ता योजनाहरू मार्फत सूपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् ।

नयाँ शाखा सञ्चालनमा ल्याएको अवसरमा कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिना सम्मको फ्री ओपेनिङ अफर उपलब्द गराएको जनाएको छ । साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप बक्स इन्स्टलेसन पनि निस्शुल्क पाउने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *