जीवन बीमक सङ्घद्वारा दुई संस्थालाई ७० लाख सहयोग

काठमाडौँ । जीवन बीमक सङ्घ नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत दुईलाई ७० लाख रुपैयाँ सहयोग गरेको छ ।

संस्थाले काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भागवान कोइरालालाई चालिस लाख रुपैयाँ र समता एडुकेसन ट्रस्टको तर्फबाट निर्देशक दीपक सन्जेललाई ३० लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

जीवन बीमक सङ्घ नेपालका अध्यक्ष लगायतका पदाधिकारीद्वारा बीमा समितीका अध्यक्ष र कार्यकारी निर्देशक समेतको उपस्थितीमा काठमाडौंको रविभवन स्थित होटेल क्राउनमा उक्त सहयोग रकम एक समारोहका बीच हस्तान्तरण गरिएको हो ।

समता एडुकेसन ट्रस्ट संस्थाले देशभरी ५० हजारभन्दा बढी आर्थिक हिसाबले कमजोर विधार्थीलाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच बनाउने उदेश्यले सबै प्रदेशमा विद्यालय सञ्चालन गरेको छ ।

त्यसैगरी, काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका– ७ मा सहज र सुलव मूल्यमा पेडियाट्रिक सुविधासहितका बाल अस्पताल बनाउने उदेश्य लिएको छ । त्यस्तै, नेपालको सातै वटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उदेश्य लिएको छ ।

जीवन बीमक सङ्घ नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले समाजलाई भलो हुने यस्ता कार्यमा आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व जारी राख्ने बताए ।

बीमा समितीका अध्यक्ष सुर्यप्रसाद सिलवालले राम्रो काम गर्ने समाज सेवी संस्थालाई सहयोग गर्न पाउनु खुशीको कुरा भएको बताए । संस्थागत समजिक उत्तरदायित्तोे अन्तर्गत सबै कम्पनीहरुले यस्ता कार्य गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *