पोखरा उद्योग वाणिज्य संघको चुनावमा प्रजापति पनि अध्यक्षकै उम्मेदवार

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पवनकुमार प्रजापतिले उम्मेदवारी दिने बताएका छन् ।

हालका वरिष्ठ उपाध्यक्ष प्रजापतिले आफू पनि अध्यक्षको दाबेदार रहेको सार्वजनिक गरेका हुन् । प्रजापति यसअघि कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्षबाट वरिष्ठ उपाध्यक्षको रूपमा काम गरिसकेका छन् ।

सङ्घको छविलाई राम्रो बनाउनका लागि आफूले १ कार्यकाल अध्यक्ष भएर काम गर्ने उनको भनाई छ । यसअघि सङ्घका वर्तमान उपाध्यक्ष अर्जुन पोखरेलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *