पोखरा आइपुग्यो राखेप टोली, नवौँ खेलकुदको मिति नसर्ने दाबी

पोखरा । सरकारले नवौँ राष्ट्रिय खेलकुद ३९ वर्षपछि पुनः पोखरामा आयोजना गर्ने निर्णय गरेको छ ।

असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा प्रतियोगिता हुँदै छ । त्यसको तयारी स्वरूप राष्ट्रिय खेलकुद परिषद्को टोली पोखरा आएर रेकी गरेको छ ।

सदस्य सचिव टङ्कलाल घिसिङले खेल स्थलहरूको अवलोकन पछि नवौँ खेलकुद तोकिएकै मितिमा हुने बताए ।

चाडबाड र निर्वाचनका कारण मिति तोकेपनि तोकिएको मितिमा प्रतियोगिता नहुने आशङ्का धेरैलाई थियो । घिसिङले अव कुनै हालतमा प्रतियोगिता नसर्ने बताए ।

‘हामी चुनावपछि जान सक्ने अवस्था छैन । नियमित भइरहेको भए ११ औँ प्रतियोगिता अहिले हुनुपर्ने हो,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा ढिलो गर्नु खेलाडी र खेल क्षेत्रप्रतिको अन्याय हो । धेरै खेलाडीको वृत्ति विकास रोक्नु हो ।’

कोरोना सङ्क्रमणका कारण पटक पटक प्रतियोगिता सार्दै आएको छ । २०७५ सालमै प्रतियोगिता गर्ने तयारी थियो । राखेपले प्रतियोगिता सम्पन्न गर्नका लागि कार्यकारिणी समिति, अनुगमन समितिसँगै १४ वटा उपसमिति गठन गरेको छ । अहिले खेल क्षेत्रको अध्ययन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *