आइएमई जनरल इन्स्योरेन्सको सीईओमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन् ।

२३ साउनदेखि लागु हुने गरी उनी दोस्रो कार्यकालाका लागि सीईओ नियुक्त भएका हुन् ।

श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाका श्रेष्ठले यही क्षेत्रको विकासका लागि निरन्तर काम गर्दै आएका छन् । उनको नेतृत्वमा ७ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको छ ।

सोही अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले सीईओ श्रेष्ठलई कार्यसफलताको शुभकामना दिएका छन् ।

कार्यकारी अधिकृतको सपथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *