प्रधानमन्त्री भन्छन्- आदिवासी जनजातिहरूकाे ज्ञान-सीपले मुलुक सम्पन्न बनाउन सहयाेग गर्छ

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरूकाे ज्ञान-सीप महत्त्वपूर्ण रहेकाे बताएका छन् । साेमबार काठमाडाैँमा भएकाे आदिवासी जनजातिजन्य कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भनेका छन्, ‘आदिवासी जनजातिहरूकाे अधिकार तथा स्वतन्त्रतासम्बन्धी संविधानले पनि धेरै कुराहरू प्रत्याभूत गरेकाे छ । यसमा सधैँ राज्य सजग छ ।’

उनले उनीहरूकाे आदिवासी जनजातिहरूकाे ज्ञान-सीपले मुलुक सम्पन्न बनाउन सहयाेग गर्ने बताए । ‘आदिवासी जनजातिहरूकाे ज्ञान-सीपले मुलुकलाई सम्पन्न बनाउनका लागि सहयाेग गर्छ । यसकाे सम्मान राज्यस्तरबाटै हुनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *