सेयर बजारमा १७ अंकको गिरावट

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

यस दिन सेयर बजार नेप्से परिसूचक १७.६८ अंकले घटेर २१०६.१५ बिन्दुमा ओर्लिएको छ । यस दिन ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३.४४ अंकले घटेर ४०६.११ बिन्दुमा आइपुगेको छ ।

यस दिन २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९ सय ६१ रुपैयाँमा ६५ लाख २७ हजार ४ सय १४ कित्ता सेयर किनबेच भएको छ । यस दिन ५० कम्पनीको मूल्य बढेको छ । १२३ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

म्यानुफ्याक्चरिङ र म्युचुअल फण्डबाहेक अन्य सबै समूहगत सूचक राताम्ये बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *