मौद्रिक नीतिका कारण उद्योगी, व्यवसायी निराश हुनुपर्दैनः डेपुटी गभर्नर मिश्र

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिका कारण उद्योगी व्यवसायी तथा बैंकर्सले निराश हुनु नपर्ने बताएका छन् । चालू वर्षको मौद्रिक नीतिले अब सबै क्षेत्र खत्तम भयो भन्ने स्थिति नरहेको बताउँदै उनले आत्तिनु नपर्ने बताए । आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै आइतबार मिश्रले यस्तो बताएका हुन् ।

‘एक जना मान्छे सामान्य विरामी भएर अस्पताल गायो भने आत्तिएर आइसीयुमै हाल्नु पर्दैन,’ उनले भने । अहिलेको मौद्रिक नीतिलाई नराम्रो तरिकाले नहुने समेत उनले उद्योगी व्यवसायीलाई आग्रह गरे ।

वर्तमान अर्थतन्त्रलाई शतप्रतिशत सुधार गर्ने सञ्जिवनी बुटी जस्तो मौद्रिक नीति नभएको पनि उनले बताए । अर्थतन्त्र बुझेका विज्ञहरुले सीआरआर अनुपात ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत बनाउँदा कतिपय अत्तालिएको बताए । बुझेर पनि नबुझेजस्तो गरेको उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिले ७ प्रतिशत मूल्यवृद्धि कायम राख्न असम्भव रहेको बताए । उनले मौद्रिक नीतिमा ८ प्रतिशतको ग्रोथ रेट र मूल्यवृद्धिलाई ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य पूरा हुनेमा शंका व्यक्त गरे । मौद्रिक नीतिले बैंकको ब्याजदर बढ्ने भएकोले कर्जाको विस्तार कम हुने र त्यसले आर्थिक वृद्धिलाई नै खुम्च्याउने उनको बुझाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *