कञ्चन पत्रकारिता पुरस्कार अमात्य र गुरुङलाई

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीले सञ्चालन गर्दै आएको कन्चन पत्रकारिता पुरस्कार यो वर्ष उदयबहादुर अमात्य र आश गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले २ जनालाई पुरस्कार दिन निर्णय गरेको हो ।

पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ । पुरस्कृत हुने अमात्य नेपाल भाषा मासिक पत्रिका पोखरायाः भिन्तुनाका प्रकाशक तथा प्रधान सम्पादक हुन् । गुरुङ कान्तिपुर दैनिकका लागि लमजुङबाट काम गर्छन् । उनीहरूलाई साउन २७ मा पोखरामा हुने एक समारोहकाबीच पुरस्कृत गरिने फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसले जानकारी दिए ।

व्यवसायी बिमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बाबुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *