जुम्लाबाट चुनाव लड्दै ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाही जुम्लाबाट निर्वाचन लड्ने भएका छन् । राप्रपा प्रवेशपछि पाँचौं प्रवक्ता नियुक्त भएका शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने भएका हुन् ।

उनी त्यसबारे औपचारिक जानकारी दिन दिउँसो काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् । दिउँसो साढे २ बजे हुने पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु पनि सहभागी रहने बताइएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए । ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक शाही गत फागुनमा राप्रपा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *