पोखरामा निरन्तर एटिएमबाट चोरी, एकजना पक्राउ

पोखरा । पोखरामा एटीएम फटाएर पैसा चोरी निरन्तर भइरहेको छ । पोखरा २६ को एनएमबी बैंकको एटीएम फुटाएर पैसा चोरेको भिडियो भाइरल भइरहेको अवस्थामा अहिले पुनः पोखरा १७ को एनआइसी एसिया बैंकको एटिएमबाट चोरी गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

शुक्रबार एटीएम फुटाएर चोर्दै गरेको अवस्थामा पर्वतको कुश्मा नगरपालिका ३ का २३ वर्षीय कृष्ण विक पक्राउ परेका हुन् । उनले यसअघि पनि माछापुच्छ्रे बैंकको एटीएम फुटाएका थिए । सोही मुद्दामा कैद भुक्तान गरेर निस्किएका उनी पुनः पक्राउ परे ।

गएको माघ ८ गते माछापुच्छ्रे बैंकको एटिएम मेसिनबाट पैसा चोरेर पक्राउ परेका उनी ३ महिना कैद भुक्तान गरेर वैशाखमा छुटेका थिए । विकलाई ७ को म्याद थप गरी अनुसन्धान गरिरहेको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *