बढेको सवारी कर घटाउन व्यवसायीको माग, आजै सरकारसँग बैठक बस्दै

पोखरा । गण्डकी सरकारले सवारी करमा अधिक वृद्धि गरेपछि व्यवसायीहरू आन्दोलित बनेका छन् ।
आजदेखि प्रदेशभरका गाडी नचलाउने निर्णय गरिएकोमा सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि स्थगित भएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताए ।
उनका अनुसार आफ्ना मागबारे छलफल गर्न आजै प्रदेश सरकारसँग बैठक हुँदै छ ।
सरकारले आर्थिक ऐनमै व्यवस्था गरेर कर बढाउने निर्णय गरेको थियो । तर उक्त निर्णयले व्यवसायीहरू मर्कामा परेको गुनासो बढेपछि सरकार कर घटाउन राजी भएको उनले बताए । तर ऐन संशोधन नगरी करका दर हेरफेर गर्न मिल्दैन । ऐन संसद्बाटै पास हुनुपर्छ ।
यसको निकासबारे सरकारले अझै गम्भीर भएर छलफल गरेको छैन । मालपोतमा भएको कर वृद्धिबारे पनि अधिक आलोचना भइरहेको छ । यसअघि यातायात करको जरिवाना २ सय प्रतिशत वृद्धि गरिएकोमा चौतर्फी विरोधपछि २० प्रतिशतमा झारिएको थियो ।









