रन शुजले बजारमा ल्यायाे २६ नयाँ मोडलका जुत्ताहरु

काठमाडौँ । उपभोक्ताको चाहना विक्रेताको भावना तथा बदलिँदो फेसनलाई मध्यनजर गर्दै नजिकै आउँदै गरेको चाडपर्वलाई लक्षित गरी रन शुज इन्ड्रष्ट्रिज प्रालिले ‘नेपाली मन जुत्तामा रन’ भन्ने मूल नाराका साथ २६ डिजाइनका नयाँ मोडलका जुत्ता बजारमा ल्याएको छ ।

विशेषत पछिल्लो समयमा लेडिज स्पोर्टस् शुज नेपाली ब्राण्डमा कमैमात्र बजारमा पाइने अवस्थामा महिला र पुरुष दुबै वर्गको लागि जुत्ताहरु बजारमा ल्याएको छ । समय र ग्राहकको चाहना अनुसार विभिन्न कलरमा उपलब्ध जुत्ताले आम उपभोत्ताको मन जित्ने कम्पनीले विश्वास लिएको छ ।

स्पोर्टस्, फेन्सी तथा युवाको चाहना अनुसार पार्टी, क्याजुयल र लोफर मोडलका जुत्ता बजारमा उपलब्ध छन् ।

रन शुजका उत्पादनहरु उच्च गुणस्तरको फ्लेक्जिबल इनरसोल, नचिप्लिने रवर तथा पीयूका सोलहरुमा बजारमा उपलब्ध छन् । रन ब्रान्डका जुत्तामा गुणस्तरीय मेटेरियल्स प्रयोग भएकोले रन जुत्ता लगाउँदा आरामदायी फ्लेक्जिबल, लचकदार बलियो र सपथ मूल्यमा प्राप्त हुने कम्पनीले जनाएको छ ।

रन शुजकोे हालसम्म १ हजारभन्दा बढी मोडलका जुत्ता चप्पल बजारमा उपलब्ध छन् । कम्पनीले ७७ वटै जिल्लाका मुख्य शहर तथा बजारमा बिक्री वितरण गर्दै आएको छ ।

निकट भविष्यमा कम्पनीका जुत्ता तथा चप्पल विदेशी बजारमा निर्यात गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । विदेशमा निर्यात गर्न सके यसले व्यापार घाटा कम गर्न सघाउने विश्वास कम्पनीले लिएको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *