इमर्जिङ नेपालको निमित्त सीईओमा रमेश बेल्वासे नियुक्त

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ ।

गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७० औँ बैठकको निणर्यानुसार साउन २० गते बाट नै लागू हुनेगरी उनलाई निमित्त प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

हिरोवट युनिभर्सिटी, युकेबाट बिबिए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेण्ट एण्ड बैकिङ्ग लिमिटेडमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव छ ।

मर्चेण्ट एण्ड बैकिङ क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिँदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.