महङ्गीले गरिवको घरमा चुलो नबल्ने अवस्था छ : शान्ता चौधरी
२०७९ साउन २२ गते

काठमाडौँ । सांसद शान्ता चौधरीले बजारमा महङ्गी बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको बताएकी छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चौधरीले अहिले बजार भाउ असाध्यै बढेको र बजार भाउ बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको बताएकी हुन्।
चौधरीले भनिन्, ‘यसले समाजमा अमनचयन विथोल्ने खतरा हुन सक्छ। सरकारको काम महङ्गीको साक्षी बस्ने होइन। त्यसलाई नियन्त्रण गर्ने हो। नेपाली कांग्रेस तथा गठबन्धनको खुला बजार अर्थनीति यसको प्रमुख कारण हो।’
उनले भनिन्, ‘नेपालमा पनि एक झोला सामान किन्न एक झोला पैसा लिएर जानुपर्ने हुन सक्छ। धनीले त किनेर खान सक्लान् सभामुख महोदय तर, यो महङ्गी गरिवको घरमा चुलो नबल्ने अवस्था आउन सक्छ।’ महङ्गीको नाममा भोकमरी आउन सक्ने उनले बताइन्।
२०७९ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित








