सिमिचौरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ । गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान रेसुंगा नगरपालिका-१० को सिमिचौरमा लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटना हुँदा चालक रन बहादुर ढेँगाको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी नायब उपरिक्षक निबन कुमार खड्काकाअनुसार चालकको घटनास्थलमै मृत्यु भएको थियो । गुल्मीबाट बुटवल जान हिंडेको ट्रक सिमिचौरमा दुर्घटना भएको हो ।

अहिले मृतक ढेँगाको शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *