स्थानीय तहको निर्वाचनपछि कास्कीमा ८ हजार मतदाता थपिए

पोखरा । स्थानीय तहको निर्वाचन पछि मात्रै कास्की जिल्लामा ८ हजार नयाँ मतदाता थपिएका छन् । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

अब नयाँ मतदाता नामावली सङ्कलन गर्न पाइँदैन । आगामी निर्वाचनका लागि सङ्कलन गरिएको मतदाता नामावली अनुसार निर्वाचन कार्यालयले साउन २० गतेसम्म ८ हजार मतदाता थपिएका बताइएको छ ।

पोखरा महानगरमा सबैभन्दा बढी नामावली थपिएका छन् । केहीको अझै रुजु गर्नुपर्ने भएकोले अन्तिम सूची केही दिनपछि तयार हुने निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए । वैशाखमा भएको स्थानीय निर्वाचनमा कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *