कर बढाएपछि अर्थ मन्त्रालयको विज्ञप्ति- ‘कर महँगो छैन, खासै असर पर्दैन’

पोखरा । गण्डकीको अर्थ मन्त्रालयले करको दर महँगो नभएको प्रस्टीकरण दिएको छ । शनिवार विज्ञप्ति निकालेर अर्थले प्रदेश राजश्व परामर्श समितिको सिफारिसको आधारमा कर निर्धारण गरेको भन्दै पन्छिने प्रयास गरेको हो ।

‘घरजग्गा रजिस्ट्रेसन लगायतका सेवा शुल्कका सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूबाट भइरहेको सूचना प्रवाहप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘घरजग्गा रजिस्ट्रेसन शुल्कको दर र दायरा निर्धारणको लागि निजी क्षेत्र समेतको प्रतिनिधित्व हुने गरी गठित समितिको सिफारिस समेतका आधारमा प्रदेश सरकारले करका दर र दायरा निर्धारण गरेको हो ।’

मन्त्रालयले तीनपुस्ता बाहिरको जग्गा हस्तान्तरण गर्दा केही बढेको जनाएको छ । ‘तीन पुस्ता भित्रको हकवाला बाहेक अन्यत्र हक हस्तान्तरण भई अप्रत्याशित रूपमा प्राप्त हुने यस्तो सम्पत्तिमा तीन पुस्ता भित्रको हकवालामा हुने हक हस्तान्तरणको सरह नै शुल्क राख्दा न्यायोचित नहुने हुँदा सो भन्दा केही बढी मात्रै शुल्क कायम गरिएको हो,’ त्यहाँ भनिएको छ, ‘तीन पुस्ता भन्दा बाहिरबाट सम्पत्ति हक हस्तान्तरण विरलै हुने गरेको हुँदा उक्त व्यवस्थाले तात्त्विक असर नपर्ने देखिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *