१०६१ मेगावाटको माथिल्लो अरुणमा ५३ अर्ब लगानी जुट्यो

काठमाडौँ । माथिल्लो अरुण अर्धजलायशयुक्त आयोजनामा ५३ अर्ब रुपैयाँ लगानी जुटेको छ ।

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले बैंक, सञ्चयकोष, नागरिक लगानीकोष र स्थानीयबाट समेत गरी ५३ अर्ब रुपैयाँ लगानी जुटाउने भएको हो । तर, कुन संस्था वा पक्षले कति लागनी गर्ने भन्ने सहमति भने जुट्न र लगानीसम्बन्धी सम्झौता गर्न भने बाँकी रहेको एचआईडीसीएलले जनाएको छ ।

कुल २ खर्ब १४ अर्ब लागत अनुमान गरिएको आयोजनाको काम चालू आर्थिक वर्षबाटै सुरु गर्ने लक्ष्य राखिएको छ ।

आयोजना निर्माण गर्न अपर अरुण जलविद्युत लिमिटेड कम्पनीको स्थापना गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *