थप ९ सय १२ जनामा कोरोना संक्रमण, १ को मृत्यु

काठमाडौँ । नेपालमा थप ९ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ९ सय ४१ पिसिआर परीक्षणका क्रममा ५ सय २९ जना र ३ हजार ५ सय ५० एन्टीजेन परीक्षणका क्रममा ३ सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ७० जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ३ सय ७० सङ्क्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७१ हजार ६ सय २० जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार ७ सय ६० सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *