महँगी र भ्रष्टाचारविरुद्ध एमालेले थाल्यो हस्ताक्षर अभियान
२०७९ साउन २० गते

काठमाडौँ । महँगी र भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले हस्ताक्षर अभियान सुरु गरेको छ ।
दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि भएको भन्दै एमाले काठमाडाैँले हस्ताक्षर अभियान सुरु गरेको हो । अभियान तीन दिन सम्म चल्ने एमालेले जनाएका छन् ।
अभियानका क्रममा सबै वडा कमिटीहरूले हस्ताक्षर सङ्कलन गरेका छन् । महँगी र भ्रष्टाचारका कारण नागरिकहरूले दुख पाउनुपरेको भन्दै अभियानमा सहभागिता जनाउन एमालेले आह्वान पनि गरेको छ ।
२०७९ साउन २० गते
प्रतिक्रिया
सम्बन्धित








