मंगलम पाइप्सको डिलरद्वारा मंगलम इन्डस्ट्रिजको अवलोकन भ्रमण

काठमाडौँ । पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौँस्थित डिलरले १३ साउन शुक्रबार रुपन्देहीको ढक्दैस्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । यस्तै गरी असार १८ गते पोखरा र चितवनका डिलरले पनि फ्याक्ट्री अवलोकन गरेका थिए ।

उद्योगमा भएका अत्याधुनिक उपकरण र उत्पादन प्रक्रियाबारे प्रत्यक्ष अनुभव दिने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको मंगलम पाइप्सले जनाएको छ । उक्त अवलोकन भ्रमणमा मंगलम पाइप्सका प्रबन्ध निर्देशक अभिनव चुरिवाल, प्रबन्धक प्रदीप शुक्ला र गुणस्तर विभाग प्रमुख वीरेन्द्र मौर्यलगायत उपस्थित डिलरहरुको सहभागिता थियो । उक्त अवलोकन भ्रमण लुम्बिनीको पवन प्यालेसमा एक अन्तरक्रियात्मक कार्यक्रमको साथ समापन गरिएको थियो ।

अवलोकनबारे बोल्दै कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने, ‘यो अवलोकन कार्यक्रम आयोजना गर्न पाउँदा हामी अत्यन्तै उत्साहित भएका छौँ । हाम्रा उपभोक्ताको आवश्यकता र रोजाइ बुझ्ने पहिलो माध्यम नै हाम्रा डिलरहरु हुन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *