इसेवा अनलाइनबाटै होटल बुक गर्न सकिने

काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरू गरेको छ ।

अबदेखि ग्राहकले सहजै इसेवामार्फत होटल बुक गर्न सक्नेछन् । ग्राहकले इसेवा एप मार्फत नेपालका कुनै पनि क्षेत्रका होटल बुक गर्न सक्नेछन् । इसेवामा हाल होटल सूचीकरण गर्ने कार्य जारी छ । इसेवाले यदि अनलाइन मार्फत होटल बुक गर्ने भए इसेवामा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

इसेवामा भएका होटलको सूची इसेवा होटल डटकममा गएर हेर्न सकिनेछ । इसेवा मार्फत शुक्रबार साँझ ६ बजेसम्म होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । हाल यो सेवा एण्ड्रोइड मोबाइलमा मात्र उपलब्ध भए पनि केही दिनमा आइओएसमा सेमत उपलब्ध हुनेछ ।

इसेवाका होटल विभाग प्रमुख अनुज विष्टले भने, ‘विविध सेवालाई एकै ठाउँमा ल्याएर डिजिटल नेपाल र कारोबारलाई बढवा दिने परिकल्पना अनुसार हामीले अब होटलको सेवा सुरु गरेका छौँ । यसबाट ग्राहक र होटललाई सेवा मिल्नेछ । कोभिडपछिको पर्यटन क्षेत्रको मन्दी हटाउन सघाउँछ । भविष्यमा अन्तराष्ट्रिय होटलसँग पनि सहकार्य गरी अन्तराष्ट्रिय प्रयोगकर्ता र यहाँबाट बाहिर जाने व्यक्तिलाई अनलाइनबाटै होटल बुक गर्ने व्यवस्था मिलाउनेछौँ ।’

उनका अनुसार इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरी ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *