पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि अवरूद्ध

काठमाडौँ । नारायणगढ-मुग्लिन सडक फेरि अवरूद्ध भएको छ । भरतपुर महानगरपालिमा -२९ केराबारी नजिकै मौरी पुलमा पहिरो जाँदा रातिदेखि नै सडक अवरूद्ध भएको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीकाअनुसार राति दुई बजेतिर लेदोसहितको पहिरो खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएको हो । मौरी पुलमा सोमबार रातिदेखि पहिरोका कारण दिनदिनैजसो बाटो बन्द हुने गरेको छ ।

संघीय राजधानी काठमाडौंलाई जोड्ने मुख्य मार्ग अवरूद्ध हुँदा सयौं सवारी र यात्रु अलपत्र पर्ने गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *