मुस्ताङको बाटो खुल्यो
२०७९ साउन १९ गते

पोखरा । बेनी जोमसोम सडक खण्ड पुनः सुचारु भएको छ । ३ दिनअघि म्याग्दी र मुस्ताङको सिमाना घोप्टे ओडारमा सुख्खा पहिरोले सडक भासिएपछि अवरुद्ध बनेको थियो । त्यहाँको ३ सय मिटर सडक पुरिएको थियो भने ५० मिटर भासिएको थियो ।
सडक बन्द भएपछि काभ्रे भीरमा दर्जनौँ गाडी अलपत्र परेका छन् भने पर्यटक र यात्रुलाई सास्ती भएको छ । सडक खुलेपछि सबै गन्तव्यतर्फ लागेका छन् ।
२०७९ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित









