वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त
२०७९ साउन १९ गते

काठमाडौँ । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी पदबाट बर्खास्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको नेतृत्वमा गठन गरिएको छानविन समितिले अधिकारीलाई बर्खास्त गर्नुपर्ने प्रस्ताव बुझाएको थियो । उक्त प्रस्तावकै आधारमा सरकारले अधिकारीलाई बर्खास्त गरेको हो ।
अधिकारीलाई २६ जेठमा मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । यसअघिका मन्त्री प्रेम आलेको प्रस्तावमा सरकारले अधिकारीलाई निलम्बन गरेको थियो । तर, सर्वोच्च अदालतले छानविनकै क्रममा निलम्बन गर्नु नुहने भन्दै अन्तिरिम आदेश दिएपछि उनी पदमा बहाल रहेका थिए ।
अधिकारीमाथि छानविन समितिले व्यवस्थापकीय सीप नभएको, पदीय आचरण नभएको र आर्थिक हिनामिनामा संलग्न भएको भन्दै बर्खास्त गर्न सिफारिस गरेको थियो ।
२०७९ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित









