नेप्से ३८ अंकले घट्यो
२०७९ साउन १९ गते

काठमाडौँ । साताको पाँचौँ कारोबार दिन बिहीबार सेयर बजार उच्च अंकले घटेको छ ।
यस दिन सेयर बजार परिसूचक (नेप्से) ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा आइपुगेको छ । यस दिन ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १ सय ७३ रुपैयाँमा ८५ लाख ६९ हजार ५ कित्ता सेयर कारोबार भएको छ ।
यस दिन १६१ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन १३ वटै समूह सूचक घटेको छ ।
२०७९ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित









