नेप्से ३८ अंकले घट्यो

काठमाडौँ । साताको पाँचौँ कारोबार दिन बिहीबार सेयर बजार उच्च अंकले घटेको छ ।

यस दिन सेयर बजार परिसूचक (नेप्से) ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा आइपुगेको छ । यस दिन ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १ सय ७३ रुपैयाँमा ८५ लाख ६९ हजार ५ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन १६१ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन १३ वटै समूह सूचक घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *