गण्डकी सरकारलाई अनेरास्ववियुकाे ७१७ रुपैयाँ दान, मुख्यमन्त्रीलाई बुझाइयो
२०७९ साउन १९ गते

पोखरा । गण्डकी प्रदेश सरकारलाई एमाले भ्रातृ संगठन अनेरास्ववियुले दान सहयोग गरेको छ ।
मुख्यमन्त्री, मन्त्रीका पारिवारिक ट्रस्टका लागि विनियोजित बजेटको विरोध गर्दै अनेरास्ववियुले १ रुपैयाँ दान संकलन अभियान चलाएको तियो । उक्त सङ्कलित रकम मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई बुझाइएको हो ।
अभियानबाट ७ सय १७ रुपैयाँ संकलन भएको अनेरास्ववियुका गण्डकी अध्यक्ष राेमाकान्त पोखरेलले जानकारी दिए ।
सरकारले चालू वर्षको बजेटमा प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सत्तारुढ दलका केही नेता तथा प्रदेश सभाका सदस्यका आफन्तको नाममा खोलेको स्मृति कोष, फाउन्डेसन, ट्रस्टका लागि रकम करोडौँ रकम विनियोजन गरिएको तियो । उक्त बजेटविरुद्ध चौतर्फी आलोचना र विरोध भएको तियो ।
२०७९ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित









