सरकारविरुद्ध राप्रपा आक्रामक, जिल्ला प्रशासन अघि नारा जुलुस

पोखरा । राप्रपा कास्कीले सरकारी गतिविधि विरुद्ध आक्रामक आन्दोलन गरिरहेको छ । बुधबार कालोपट्टि लगाएर जिल्ला प्रशासन अघि प्रदर्शन गरिएको हो । राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भ्रष्ट्राचार, नागरिकता विधेयक, महँगी लगायत विषयमा विरोध स्वरूप आन्दोलन गरेको हो ।

पोखराको शहिद चोकमा भएको प्रदर्शनमा  राप्रपाले २०४७ पछिका उच्चपदस्थको सम्पत्ति छानबिनको माग गर्दै आएको छ । असार १ गते विभिन्न २२ बुँदे माग सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएपछि नियमित रूपमा आन्दोलन गरिरहेको छ । आफ्ना माग सुनुवाइ नभएको भन्दै राप्रपाले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

यो महिनाभरि आन्दोलन जारी रहने कास्की राप्रपाका प्रवक्ता अरुण गिरीले जानकारी दिए । हिन्दु राष्ट्र र राजसंस्थाको पुनः स्थापना, संघीयताको खारेजी, राष्ट्र प्रमुखको रूपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, आगामी प्रदेश र संघको निर्वाचनलाई धाँधलीरहित र विश्वसनीय बनाउन राप्रपाको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + sixteen =