नबिल बैंकद्वारा कनकाईमा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न

झापा । नबिल बैंकले कनकाई नगरपालिकामा डिजिटल बंैकिङ तथा वित्तीय पहँुच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीको उत्साहपूर्ण सहभागिता थियो । दिगो बैंकिङलाई प्रवर्द्धन गर्न गरिएको यस कार्यक्रममा बोल्दै प्रमुख अतिथि कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कृषिको विस्तार र विकासमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले नबिलले गर्दै आएको दिगो बैंकिङले युवा तथा महिला उद्यमीलाई आफ्नो व्यापार व्यवसाय प्रबद्र्धन गर्न थप हौसला दिएको बताए ।

कार्यक्रममा सम्बोधन गर्दै उपमेयर आशा शिवाकोटीले रोजगारीका अवसर सृजना गर्न साथै उद्यमशीलता प्रवद्र्धन गर्न वित्तीय क्षेत्रको विशेष भूमिका रहने जानकारी गराए ।

विशेषतः स्थानीय क्षेत्रको कृषि प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ्ग तथा वित्तीय साक्षरतामा केन्द्रित रहेको कार्यक्रममा बोल्दै नबिल बैंकका मेची क्लस्टर प्रमुख सरोज श्रेष्ठले डिजिटल बैंकिङ आजको आवश्यकता भएको र क्युआर कोडले व्यवसायमा पुर्याउने योगदानका विषयमा प्रष्ट पारे ।

नबिल बैंकका दिगो बैंकिङका प्रमुख लीलाप्रसाद ओझाले नबिल दिगो बैंकिङको विभिन्न आयामबारे प्रस्तुति दिनुका साथै कृषि कर्जा, महिला तथा युवा उद्यमशील कर्जाका बारेमा जानकारी दिए ।

नेपाल सरकारले अबलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिलले दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामा विस्तार गरेको छ । दिगो बैंकिङ अन्तर्गत किसान कर्जा र उद्यमशील कर्जा मार्फत ५०० भन्दा बढी उद्यमीलाई ५५ करोड भन्दा बढी कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *