चीनको हेनान् उच्च अदालतद्वारा नेपाली दुई बैंकका पक्षमा फैसला

हिमालयनले मात्र ६६ लाख ५५ हजार अमेरिकी डलर फिर्ता पाउने

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको बैंक जमानतसम्बन्धी मुद्दामा चीनको हेनान् प्रान्तको उच्च अदालतले हिमालयन बैंक र बैंक अफ काठमाडौँको पक्षमा फैसला गरेको छ ।

ग्यारेन्टी बापतको रकम सम्बन्धित बैंकलाई फिर्ता गर्नुपर्ने गरी उच्च अदालतले जुलाई २५, २०२२ मा फैसला गरेपछि अब चाइना कन्स्ट्रक्सन बैंकले काउन्टर ग्यारेन्टी बापतको रकम फिर्ता गर्नुपर्ने छ ।

फैसला अनुसार हिमालयन बैंकले काउन्टर ग्यारेन्टी बापतको ६६ लाख ५५ हजार अमेरिकी डलर फिर्ता पाउने छ ।

यस मुद्दामा चीनको झङझाउ जिल्ला अदालतले सन् नोभेम्भर ६, २०२० मा नेपाली बैंकको पक्षमा फैसला गरेको थियो । तर, उक्त फैसला उपर चित्त नबुझेको भन्दै ठेकेदार कम्पनी चाइना रेलवे १५ व्युरोले उच्च अदालतमा अपिल दायर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *