सेयर बजारमा झिनो गिरावट, ६ अंकले बजार घट्दा ४ अर्बकाे काराेबार

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा झिनो गिरावट देखिएको छ ।

यस दिन सेयर बजार नेप्से परिसूचक ६.७१ अंकले घटेको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ०.६४ अंकले घटेर ४२०.४९ बिन्दुमा पुगेको छ ।

यस दिन ४ अर्ब २ करोड ९९ लाख ३१हजार ४ सय ३९ रुपैयाँमा ९५ लाख ४२ हजार ६ सय २६ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन ९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन ट्रेडिङ, हाइड्रोपावर, माइक्रोफाइनान्स, र म्युचुल फण्डका सूचकहरु बढेका छन् । यी बाहेक बाँकी सबै समूहगत सूचक घटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *