एनआईसी एशिया बैंकद्वारा विभिन्न पदमा कर्मचारी माग (भ्याकेन्सीसहित)

काठमाडाैँ । के तपाईं आफ्नो योग्यता अनुसारको अवसरको खोजिमा हुनुहुन्छ ? तपाईंमा असम्भव भन्ने कुरा नै हुदैन भन्नेमा विश्वास छ ? तपाईं अठोटको अगाडी हर लक्ष्य सम्भव छ भन्नेमा विश्वास गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने एनआईसी एशिया बैंकले तपाईंको खोजी गरिरहेको छ ।

बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिको खोजीका लागि दरखास्त आह्वान गरेको छ ।

सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगरलगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो । वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

यसका लागी इच्छुकले बैंकको वेबसाइट वा दिइएको क्युअार स्क्यान गरी १ भदाैसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *