पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै अनेरास्ववियुले गर्याे प्रदर्शन (तस्वीरसहित)
२०७९ साउन १८ गते

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समर्थित अनेरास्ववियु वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै आज विरोध प्रदर्शन गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घट्दा साथै आइओसीले नेपाललाई मूल्य घटाएर पटाउँदा समेत नेपाल आयल निगमले समायोजन नगरेको भन्दै आज उनीहरूले टेकुस्थित निगमको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
पेट्रोलियम पदार्थको मूल्य समायोजन नभएसम्म विरोधका कार्यक्रम जारी रहने अनेरास्ववियुले जनाएको छ ।

२०७९ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित








