दुईतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

काठमाडाैँ । चितवनको भरतपुर महानगरपालिका-२९ केराबारीमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी खुलेको छ । आज बिहान साढे २ बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको सडक करिब आठ घण्टापछि दुईतर्फी नै खुलेको हो ।

पहिरो पन्छाएपछि आज बिहान ९ बजेर १० मिनेटबाट दुईतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो खसेको स्थान प्रहरी चौकी जुगेडीबाट ८ किलोमिटर मुग्लिनतर्फ पर्दछ ।

रोकिएका सबै गाडी एकैपटक चल्दा लेन अनुशासन पालना नहुँदा जाम पर्नसक्ने भन्दै लेन अनुशासन पालना गर्न आग्रह गरिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *