एमाले गण्डकीको चेतावनी- ‘सरकारविरुद्ध आन्दोलनको विकल्प छैन’

पोखरा। नेकपा एमाले गण्डकी प्रदेशले सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । भ्रष्टाचार र महँगीले नागरिकको दैनिकी कष्टकर बनेको भन्दै एमालेले एमाले चुप लागेर नबस्ने चेतावनी दिएको हो ।

एमालेले भ्रष्ट्राचार, महँगी, एमसीसी सम्झौता, एसपीपी, नागरिकता विधेयक, बजेटमा भएको नीतिगत भ्रष्ट्राचार, गण्डकी प्रदेश सरकारको बजेट दुरुपयोग र करका दरमा भएको वृद्धि जस्ता क्रियाकलापका विरुद्ध आन्दोलन गर्ने बताएको छ ।

मंगलबार विज्ञप्ति जारी गरी मातहतका पार्टी कमिटी र संगठनलाई आन्दोलनमा सहभागी गराउन आह्वान गरेको छ । ‘जनविरोधी सरकारले जनता माथि गरेको यस्तो गतिविधिले देश श्रीलंका हुने हो कि भन्ने आभास भएको छ ।

जनता दिन प्रतिदिन महँगीको चपेटामा परेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो वेला सचेत दल र नागरिकहरू मूकदर्शक भएर बस्न मिल्दैन । त्यस कारण हामी यो सरकारको विरुद्धमा अभियान सञ्चालन गर्न बाध्य छौं ।’  कार्यालय सचिव माधव बास्तोलाले हस्ताक्षर गरेर विज्ञप्ति निकालेका हुन् । सरकारका गतिविधिले व्यवस्था माथि नै धावा बोलेको आरोप एमालेको छ ।

‘जनताहरूमा राजनीति प्रति दिन प्रतिदिन वितृष्णा पैदा भइरहेको छ । सरकार जनताको भन्दा पनि माफिया र विदेशीको गोटी वनेको छ,’ उनले भने, ‘राष्ट्रियता प्रति उदासीन छ । जनजिविको विषयमा सरकार मूकदर्शक जस्तो छ । सरकार नै छन् जस्तो छ आभास छ । माफियाहरूले सरकार सञ्चालन गरेको अवस्था छ ।’ तर आन्दोलन कहिले र कहाँबाट गर्ने भन्ने उल्लेख गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =