गौतमश्री सहकारीका अध्यक्षद्वारा बचत फिर्ता गर्ने प्रतिवद्धता

काठमाडौँ । कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतमश्री बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् । आफ्नो जायजेथा र सम्पत्ति बेचेर भएपनि सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका हुन् ।

अध्यक्ष गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै बचतकर्ताको रकम फिर्ता गर्न नसकेर नभागेको स्पटोक्ति व्यक्त गरेका छन् । अन्य व्यावसायिक कार्यको लागि भारत गएको भन्दै उनले नेपाल फर्किएर सहकारीको समस्या समाधानका लागि सक्रिय रुपमा लग्ने बताएका छन् ।

उनले कोभिडका कारण लगानी भएको केही कर्जामा समस्या भएको भन्दै सहकारी नियमित सञ्चालनमा रहेको अवस्थामा विश्वव्यापी कोरोना महामारीको कारणले नेपालमा करिब २ वर्ष जारी रहेको लकडाउनले पारेको समस्याका कारण सहकारीबाट प्रवाह गरेको कतिपय कर्जा समयमा असुली हुन नसकेको समेत उल्लेख गरेका छन् ।

बचतकर्ताको बचत डुब्न नदिने उनको प्रतिवद्धता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *