पहिरोले कास्कीका प्रमुख सडक अवरुद्ध
२०७९ साउन १७ गते

फाइल फाेटाे
पोखरा । कास्कीका प्रमुख सडकहरू अहिले अवरुद्ध बनेका छन् । अविरल वर्षापछि पहिरो खस्दा गाउँगाउँमा जाने सडक ठप्प प्रायः छन् ।
सोमबार राती झरेको पहिरोले कास्कीको रुपा गाउँपालिका १ गैरीपोखरीमा पहिरो खस्दा बेगनास–भोर्लेटार सडकको २५ मिटर सडक भासिएको छ ।
यस्तै, अन्नपूर्ण गाउँपालिका ७ विरेठाँटीमा २५ मिटर माथिबाट झरेको पहिरोले सडक पुरिँदा आवतजावत ठप्प भएको छ । सडक अवरोध हुँदा पर्यटकीय गाउँ घान्द्रुक लगायत गाउँमा आउजाउ गर्न समस्या भएको छ ।
यता पोखरा २९ घोतघोते स्थित पृथ्वी राजमार्गमा नहरको पानी ओभरफ्लो भएर पानी सडकमा जाँदा गाडी पास हुन सकेको छैन । गाडी नै तर्न समस्या भएपछि अहिले प्रहरीले पावरहाउस र तालचोकबाट गाडी डाइभर्सन गरिएको कास्की प्रहरीले जनाएको छ ।
यसबाहेक मादी गाउँपालिकाको सिक्लेस सडक, याङजाकोट सडक लगायत सडकहरूमा गाडी चल्न सकेका छैनन् ।
२०७९ साउन १७ गते
प्रतिक्रिया
सम्बन्धित









