एकै परिवारका चारजना मृत घटना : चारै जनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरिने

काठमाडौँ । काठमाडौंँको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालको एक घरमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि लगिएको छ । प्रहरीका अनुसार चारै जनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरिने छ ।

अहिले प्रहरी तथा शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान सकेर शव उठाएको  हो ।

गोरखाको भीमसेन थापा गाउँपालिका ६ अश्राङ स्थायी घर भई काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डेले श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिकाको हत्या गरेर आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =