पहिरोले हिमालपारीका जिल्लामा सम्पर्क बिच्छेद

पोखरा । अविरल वर्षापछिको पहिरोले हिमालपारीका दुईवटै जिल्लामा सडक सम्पर्क टुटेको छ । मुस्ताङ र म्याग्दीको सीमाना काभ्रेभिर नजिक सुख्खा पहिरो झरेर सडक थुनेको छ ।

सोमबार दिउँसो एक्कासी पहिरो झरेको मुस्ताङ प्रहरीले जनाएको छ । पहिरो पन्छाउन दिनभरी लाग्ने बताइएको छ ।

उता मनाङ सदरमुकाम चामे नजिकै पहिरोले सडक बगाएपछि गाडी आवतजावत ठप्प भएको छ । डोजर बोलाएर सडक खुलाउने प्रयास भैरहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । सडक बन्द भएपछि खाद्यान्न ढुवानीदेखि पर्यटकलाई समेत हिडडुल गर्न समस्या भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =