नेप्से जम्मा १ अंकले बढ्यो, साढे ४ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार झिनो अंकले बढेको छ ।

यस दिन सेयर बजार परिसूचक नेप्से १.१५ अंकले बढेर २१९६.२५ बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ परिसूचक पनि १.९४ अंकले बढेर ४२१.१४ बिन्दुमा पुगेको छ ।

कुल ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७ सय ५६ रुपैयाँमा १ करोड ५ लाख १८ हजार ७ सय १२ कित्ता सेयर कारोबार भएको छ । यस दिन कुल ५८ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ११५ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन बैंकिङ, ट्रेडिङ, हाइड्रो पावर, म्यानुफ्याक्चरिङ र लगानी समूहको समूहत सूचक हरिया भएका छन् । बाँकी समूहको सूचक घटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *