पोखरामा पहिरोले घर पुरिँदा एकको मृत्यु, दुई जना घाइते 

पोखरा । पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षा पछि घर माथिबाट आएको पहिराले एकतले टिनको छानो भएको घर पुरिदा सन्तोष सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सन्तोष सुनिताका भाइ हुन् । सुनिताको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते दुवैको अवस्था सामान्य छ ।

राती १ बजे तिर घर भत्किएपछि प्रहरीले उनीहरूलाई माटो फालेर निकालेको डिएसपी सुन्दर तिवारीले जानकारी दिए । पोखरामा अहिलेपनि भारी वर्षा भइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 13 =