सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित
२०७९ साउन १५ गते

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणित गरेका छन् । उनले आइतबार विधेयक प्रमाणिकरण गरेका हुन् । संसद् सचिवालयकाअनुसार सभामुख सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसद्बाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका हुन् ।
याे विधेयक प्रतिनिधि सभाले गत साउन ६ गते पारित गरेका थियाे भने राष्ट्रिय सभाले १२ गते पारित गरेको थियो । सभामुखले प्रमाणित गरेपछि अब यो विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइनेछ ।
राष्ट्रपतिको कार्यालयले प्रमाणिकरण गरेर जारी गरेपछि राजपत्रमा प्रकाशित गरिनेछ । त्यसपछि नयाँ प्रावधानअनुसार विदेशबाट बिहे गरेर आएका महिला तत्कालै नागरिकता पाउनेछन् । त्यस्तै गैरआवासीय नेपालीले पनि दोहोरो नागरिकता पाउनेछन् ।
२०७९ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित








