नेप्से ५४ अंकले बढ्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी वृद्धि देखिएको छ ।

यस दिन सेयर बजार परिसूचक नेप्से ५४.५८ अंकले बढेर २१९५.१० बिन्दुमा पुगेको छ । यस दिन ४ अर्ब ६० करोड ९९ लाख ७१ ह्जार २ सय ७१ रुपैयाँमा १ करोड १३ लाख ३९ हजार ४ सय ८६ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन १२६ कम्पनीको सेयर मूल्य बढेको छ । ५१ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन फाइनान्सबाहेक १२ ओटा समूहको समूहगत सूचक उकालो लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *