रेडियो बाजुरा नजिकै शंकास्पद वस्तु फेला

धनगढी । बाजुराको बडिमालिका–९ स्थित रेडियो बाजुरा नजिकै शंकास्पद वस्तु फेला परेको छ । रेडियो बाजुरा नजिकै रहेको दिनेश विकको घरको शौचालयको पछाडि पट्टी शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

उक्त शंकास्पद वस्तु डिस्पोज गर्नका लागि नेपाली सेनाको टोली पुगिसकेको र बम डिस्पोज गर्ने तयारीमा रहको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । शंकास्पद वस्तु कसले र किन राखेको भन्ने विषयमा नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =