१५ वर्षीय किशाेरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

सिरहा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका १२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्र कुमार सदाय रहेकाे प्रहरीले जनाएकाे छ । उनी बिहीबार बिहान प्रक्राउ परेका हुन् ।

सदायले बिहीबार राति ती किशोरीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुापुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *