सांसदहरूलाई परराष्ट्रमन्त्रीकाे जवाफ- अमेरिकालाई पत्र पठाइएकाे छ, शङ्का नगर्नूस्

काठमाडाैँ । परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल सरकारले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाइएकाे दाेहाेर्‍याएका छन् । सांसदहरूले उठाएकाे प्रश्नकाे जवाफ दिँदै उनले भनेका छन्, ‘सरकारले कार्यपालिकाकाे सर्वाेच्च निकाय मन्त्रिपरिषद्ले गरेकाे निर्णयकाे पालना नगर्ने भएन । हामीले अलिक धेरै शङ्का र संशय पैदा गरिरहेका छाैँ । यसले राज्य सञ्चालनमा गाह्राे पार्न सक्छ । हामीले विश्वास गर्नुपर्छ ।’

सांसदहरूले अमेरिकालाई पठाइएकाे पत्रकाे व्यहाेरा संसद्‌मा पढेर सुनाउनुपर्ने माग गरेका थिए । तर, मन्त्री खड्काले त्याेतर्फ नगइकन आशङ्का व्यक्त नगर्नमात्रै आग्रह गरे, उनले थपेका छन्, ‘हामीले आफूले आपसमा विश्वास सिर्जना गर्नैपर्छ । विश्वासकाे वातावरण बनाउनैपर्छ । त्याे भएरमा मात्रै राज्य सञ्चालन सहजरूपमा हुनसक्छ ।’

♦ याे पनि:
   सरकारले अमेरिकालाई पठायो एसपीपीमा सहभागी नहुने पत्र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + one =