पोखरामा आजदेखि मेयर सम्मेलन, पत्रकारलाई प्रवेश रोक

पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा आजदेखि सुरु हुने मेयर सम्मेलनमा पत्रकारलाई प्रवेश रोकिएको छ । सराङकोटस्थित माउण्टेन लजमा हुने सम्मेलनमा पत्रकारलाई प्रवेश रोकिएको पोखरा महानगरले जनाएको छ ।

मेयरहरू १२ बजे होटल बाराहीमा जम्मा भएर सराङकोट जाँदैछन् । श्रोतका अनुसार काठमाडौँका मेयर बालेन्द्र शाहले पत्रकार प्रवेश रोकेका हुन् । ‘व्यक्तिको कुरा गरेर भएन । समग्रमा सबै मेयरहरूको धारणा पत्रकार प्रवेश रोक्ने नै भन्ने भयो,’ स्रोत भन्छन्, ‘विशेषगरी मेयर बालेन्द्रले पत्रकारलाई नबोलाउने भन्नुभएको बुझिएको छ ।’

सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरू आउनेछन् । महानगरले काम गर्दा बेहोर्नुपरेका अड्चन, अवरोध र सुधारबारे सम्मेलनमा छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *