बागलुङ बजारमा प्लाष्टिकका चामल, अनुसन्धान शुरू

पोखरा । बागलुङमा प्लाष्टिकको चामल भेटिएको छ । बागलुङ नगरपालिकाको एक सहकारीले बेचेको चामलमा प्लाष्टिक मिसाइएको भेटिएको हो ।

 कर्मशियल सहकारीले बेचेको चामल उपभोक्ताले लगेर खाँदा अपच हुने र डल्लो पारेर भुईँमा फाल्दा उफ्रिएपछि नमुना परीक्षणका लागि पठाइएको छ ।

खाद्य गुण नियन्त्रण कार्यालयले परीक्षणका लागि चामलको नमुना लिएको हो । प्लास्टिकको चामल भेटिएको आशंकापछि चामलको नमुना परीक्षणका लागि काठमाडौं पठाउन लागेको खाद्य गुण नियन्त्रण कार्यालय पोखराका खाद्य निरीक्षक पूर्णकला थापाले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =